ब्रिसबेनमा गुन्जँदै विक्रम बराल

ब्रिसबेनमा गुन्जँदै विक्रम बराल


  • राजन घिमिरे, सिड्नी

नेपाल आइडियल सिजन-२ का उपविजेता विक्रम बराल यतिबेला उच्चशिक्षा अध्ययनका लागि अष्ट्रेलियामा छन् । दुई साताअघि मात्र उनी अष्ट्रेलियाको ब्रिसबेन आइपुगेका हुन् ।

उच्चशिक्षा अध्ययनसँगै प्रवासमा पनि आफ्नो गायन क्षेत्रलाई निरन्तरता दिने विक्रमले पहिलादेखि नै बताउँदै आइरहेका थिए । ब्रिसबेनको चर्चित ८८४८ मम हाउस रेष्टुरेण्टमा विक्रम गुन्जने भएका छन् ।

बरालले यो रेष्टुरेण्टका विभिन्न ब्रान्चमा साँझ गीत/संगीत प्रस्तुत गर्ने भएका छन् । बराल र मम हाउसका सन्चालकबीच यससम्बन्धी सम्झौता पनि सम्पन्न भैसकेको छ । मम हाउसका सन्चालक होम प्यासीले विक्रम जस्ता उच्चकोटीका सर्जकसँग जोडिन पाएकोमा आफूहरु गौरवान्वित भएको बताए ।

गायक विक्रम बरालले पनि अष्ट्रेलियामा रहेका प्रवासी नेपालीहरू माझ गीत संगीत प्रस्तुत गर्न पाएकोमा खुशी ब्यक्त गरे ।’ जहां र जसरी भए पनि गीत संगीतलाई निरन्तरता दिने मेरो सोच र उद्देश्यले यतिबेला मूर्तरूप पाएको छ । यो अवसर मिलेकोमा म पनि खुशी छु‘- उनले भने ।