प्रवासी नेपाली मञ्चको अधिवेशनमा सहभागी हुन नेता भट्टराई सिड्नीमा

प्रवासी नेपाली मञ्चको अधिवेशनमा सहभागी हुन नेता भट्टराई सिड्नीमा


  • राजन घिमिरे, सिड्नी

प्रवासी नेपाली मन्च अष्ट्रेलियाको पाँचौँ राष्ट्रिय अधिवेशनमा सहभागी हुन नेपालबाट डा. राजन भट्टराई सिड्नी आइपुगेका छन् । उनी नेकपा एमालेको स्थायी कमिटी सदस्य, विदेश विभाग प्रमुख र प्रवास इन्चार्जसमेतको जिम्मेवारीमा रहेका नेता हुन् ।

भट्टराई अगष्ट २७ तारेखका दिन सिड्नीको अर्बनमा आयोजना हुन लागेको मन्चको अधिवेशनका प्रमुख अतिथिका रूपमा सहभागिता जनाउन सिड्नी आएको प्रवासी मन्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशीले जानकारी दिए ।

कार्यक्रम २७ तारेख शनिबार बिहान १० बजे शुरू हुनेछ भने क्लोजिङ सेसन दिउँसो ३ बजे राखिएको छ । यसैगरी नयाँ कार्यसमितिको नामावलीसहितको उद्घोष भने २८ तारेख आइतबार राखिएको छ ।