अष्ट्रेलियामा ‘ड्रिम फेष्ट’ आयोजना हुँदै, अहिलेसम्मकै भव्य र ठूलो कार्यक्रम हुने आयोजकको दाबी

अष्ट्रेलियामा ‘ड्रिम फेष्ट’ आयोजना हुँदै, अहिलेसम्मकै भव्य र ठूलो कार्यक्रम हुने आयोजकको दाबी


अष्ट्रेलियाको सिड्नीमा अहिलेसम्मकै ठूलो धमाकेदार कार्यक्रम आयोजना हुने भएको छ । अष्ट्रेलियाकोे सिड्नीमा नेपालको राष्ट्रिय कलाकारहरुबाट अहिलेसम्मकै सबैभन्दा ठूलो र भब्य नेपाली म्युजिक फेष्टिवल ‘ड्रिम फेष्ट’ हुने भएको हो ।

आगामी सेप्टेम्बर २३ तारिख हुने कार्यक्रमलाई मार्कक्यु होम्सले आयोजना गर्दैछ भने इभेन्ट म्यानेज ड्रिम हाइट्सले गरेको छ । अष्ट्रेलियामा पहिला सानो सानो कार्यक्रम हुने गरेकोमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो र भब्य नेपाली म्युजिक फेष्टिवल हुने आयोजकको दावी छ ।

सन् २०१२ देखि अष्ट्रेलियाको विभिन्न कार्यक्रम गर्दै आएको ड्रिम हाइट्स इभेन्ट कम्पनीको दशौँ वार्षिकोत्सवको अवसरको उपलक्ष्यमा ‘ड्रिम फेष्ट’ हुन लागेको हो । यो कार्यक्रम सिड्नीको मोर पार्कस्थित होर्डेन पेभिलियनमा सेप्टेम्बर २३ तारिख शुक्रबार बेलुका ६ बजेबाट शुरु हुने जनाइएको छ ।

झण्डै ५५ सय जनाको क्षमता भएको होर्डेन पेभिलियनमा यसभन्दा पहिला इपीक क्लापटन, एसी/डिसी, निर्भाना, दीप पर्पललगायतले आफ्नो प्रस्तुती दिइसकेका छन् । त्यही हलमा ‘ड्रिम फेष्ट’ हुने भएकाले यसलाई महत्वका साथ लिइएको छ ।

ड्रिम हाइट्सले सिड्नीमा रहेका नेपाली समाजको चाहानाअनुसार कलाकारहरुलाई अष्ट्रेलियामा झिकाएर नेपालीहरुको मन जित्न सफल भइरहेको छ ।

१० वर्षको वार्षिक अवसर पारेर हुने म्युजिकल फेष्टिबलमा नेपालका योङ्ग गायक तथा कलाकार सुसान्त केसी, समीर श्रेष्ठ, र्यापर योद्धा र लोकप्रिय ब्राण्ड एलबाट्रसको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

ड्रिम फेष्टलाई अझै मनोरञ्जनात्मक बनाउनका लागि सिड्नीमै आधारित फाल्चा अष्ट्रेलिया नेपाली रेस्टुरेन्टको फुड स्टल राखेर नेपाली स्वाद पनि चखाउने जनाइएको छ भने कार्यक्रमलाई ग्रेस इन्टरनेशनल एजुकेशन तथा माइग्रेसनले साथ दिएको छ ।