पण्डित दीनबन्धु पोखरेल एपीआईसी कलेजको ब्राण्ड एम्बेष्डर

पण्डित दीनबन्धु पोखरेल एपीआईसी कलेजको ब्राण्ड एम्बेष्डर


  • राजन घिमिरे, सिड्नी

पण्डित दीनबन्धु पोखरेलको अनुभवमा शिक्षा नै सम्पत्ति हो । शिक्षा यस्तो माध्यम हो कि जसले विश्वलाई जोड्छ र फरक-फरक देशका नागरिकलाई एक बनाउछ । यस्तो प्रेरणादायी भनाइ राख्दै यतिबेला अष्ट्रेलियाको भ्रमणमा रहहनुभएका उहाँले बुधबार सिड्नीमा रहेको अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजले सुम्पिएको ब्राण्ड एम्बेष्डरको जिम्मेवारी स्विकार गर्नुभएको छ ।

यो कलेज गैह्रआवासीय नेपाली संघ अष्ट्रेलियाका पूर्वअध्यक्ष एवम् सामाजिक अभियन्ता गणेश केसीले सन्चालन गरेका हुन् ।

कार्यक्रममा पण्डित पोखरेलले कलेजमा अध्यनरत विद्यार्थीहरूले शिक्षामार्फत कलेजको शान र मान बढाउन सकुन् भन्ने शुभकामना पनि दिनुभएको थियो । उहाँले अगाडि भन्नुभयो- ‘दश वर्षअगाडि मलाई पहिलोपटक अष्ट्रेलियामा पाइला टेकाउनुहुने गणेश केसीको कलेजसंग जोडिन पाउँदा आज निकै गौरव लागेको छ ।’

केसीले आफू गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्ष हुँदा त्यतिबेला विद्यार्थीहरूको हितका लागि शुरू गरेको वेलफेयर फण्डले आज बिस्तारित रूप पाएको सुन्दा मन नै आनन्दित भएको पण्डित पोखरेलले बताउनुभयो ।

‘प्रबासमा रहेर पनि नेपाली समाज र विद्यार्थीहरूका निमित्त लागि पर्ने केसीको सोच र ब्यवहारलाई साधुवाद छ’- उहाँको भनाइ थियो । पोखरेलले आफू विश्वको जुनसुकै देशमा गएता पनि अष्ट्रेलियन प्यासीफिक इन्टरनेशनल कलेजको बारेमा सन्देश प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा कलेजका सन्चालन गणेश केसीले सोचविचार र विशाल हृदयका धनी दीनबन्धु पोखरेल जस्ता ब्यक्तित्वलाई आफ्नो कलेजसँग जोड्न पाएकोमा गौरव लागेको कुरा बताउनुभयो । केसीले पण्डित पोखरेललाई कलेजको निरीक्षण गराउँदै नेपालमा मात्र नभएर नेपालबाहिर रहनुहुने प्रबासी नेपालीहरू माझ पनि विशिष्ट पहिचान बनाउनुभएका पण्डित पोखरेलको उपस्थिति र सहभागिताले उर्जा थपिएको धारणा राख्नुभयो ।