अनेसासको सेवाले उठ्ने छ नेपाली शिर

अनेसासको सेवाले उठ्ने छ नेपाली शिर


  • डिल्ली अम्माई

जीवनधारा बनेर बग्दैछ अनेसास यो
नेपाली शब्दमा कला कोर्दैछ अनेसास यो

नेपाली भाषा सगरमा चाँदनी सौन्दर्य भर्दैछ
आफ्नै आभामा बाँचेर बिस्तारै बामे सर्दैछ

इन्द्रेणीको रंगभित्र साहित्य कलाको तिर
अनेसासको सेवाले उठ्नेछ नेपाली शिर

सहस्र जीवन धारा बनेर बग्दैछ अनेसास
श्री नेपाली लयमा कला भर्दैछ अनेसास

साहित्यका सबै विधा विश्वभरि कोरिंदैछन्
सपनाको मुर्ति बन्न पत्थरहरु फोरिंदैछन्

सबै शाखाहरुबाट त्यागको समर्पण गरौँ
नेपाली साहित्यिक रसले हिमालका पाखा भरौँ

सहस्र जीवन धारा बनि बग्दैछ अनेसास
भाषिक सौन्दर्यभित्र कला कोर्दैछ अनेसास