नायोगामा नेपाल फेस्टिवल

नायोगामा नेपाल फेस्टिवल


  • विशेष प्रतिनिधि, जापान

नागोया (जापान)मा नेपाल फेस्टिवल शुरु भएको छ । आइतबारसम्म चल्ने फेस्टिवल पानी पर्ने चिन्ताले आयोजकलाईं चिन्तित बनाए पनि मौसमले साथ दिएपछि फेस्टिवलमा दर्शकहरुको घुइँचो लागेको थियो ।

फेस्टिवलमा शनिबार सबैभन्दा बढि आर्कषण नेपालबाट आएका चर्चित कलाकारहरु बद्रि पंगेनी, सम्झना भण्डारी र राजु लामा लगायत कलाकारहरु रहे । दर्शकहरु उनिहरुको गीत संगीतमा मस्त देखिन्थे । फेस्टिवल उद्घाटनपूर्व पञ्चेबाजासहित विभिन्न जातजातिहरुको झाँकीले फेस्टिवलपरिसर परिक्रमा गरेका थिए ।

फेस्टिवलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवाप्रदायक तथा व्यवसायिकसहित २७ वटा स्टलहरु राखिएका छन् । एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा भएको फेस्टिवलमा जापनिजहरुले पनि मनोरञ्जन लिइरहेका देखिथ्यो ।

फेष्टिवलमा बारदली भएको नेपाली घरमा फोटो खिच्नेको भिड देखिथ्यो । फेस्टिवलको उद्घाटन प्रमुख अतिथि नेपाल सरकारका पूर्व गृह तथा रक्षामन्त्री डा मिनेन्द्र रिजालले गरेका थिए भने कार्यक्रमको अध्यक्षता फेष्टिबल आयोजक समिति संयोजक दीपक कार्कीले गरेका थिए ।