नेपालमा बुधबार दुई सय ३० जना सङ्क्रमित, दुईको निधन

नेपालमा बुधबार दुई सय ३० जना सङ्क्रमित, दुईको निधन


कोरोना भाइरसको सङ्क्रमण बुधबार दुई सय ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले तीन हजार आठ सय ३६ परीक्षणमध्ये दुई सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार बुधबार ७८ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिइ घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकामा ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा तीन, भक्तपुरमा चार र काठमाडौंमा ४२ जनामा सङ्क्रमण भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार पाँच सय पाँच पुगेको बताइएको छ ।

यस्तै, आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, मुगु र बझाङ रहेका छन् ।