बेल्जियममा गायक रीता केसीको एकल साँझ

बेल्जियममा गायक रीता केसीको एकल साँझ


  • सनत आचार्य, बेल्जियम

बेल्जियमको लुभेन शहरमा गायिका रीता केसीको ‘रीता केसी एकल साँझ’ कार्यक्रम सम्पन्न भएको छ ।

बेलुकी ७ बजे शुरु भएको कार्यक्रममा गायिका केसीले नेपाली र हिन्दी गरी करिब तीन दर्जन गीत प्रस्तुत गरिन् ।

‘यो हो मेरो प्राण भन्दा प्यारो माइती घर।।’ गीतबाट प्रारम्भ भएको एकल साँझमा गायिका केसीले दर्शकको आग्रहमा गीतहरू गाएकी थिइन् ।

पाँच घण्टा भन्दा बढी चलेको एकल साँझ कार्यक्रममा स्रोताहरुले भरपुर आनन्द लिएका लिएका थिए ।

लुभेनवासीले स्वस्फूर्त रुपले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय सचिव गंगाधर गौतम, गैरआवासीय नेपाली संघ बेल्जियमका संस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठ, गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसी, समाजसेवी राम लामा, व्यवसायी पुष्प नेपाल, चन्द्र ब्लोन, धने कान्छा, अनिता लामा, शिव डाँगी, रजनी प्रधान, बोधराज पौडेल, श्याम थापा, अन्तर्राष्ट्रिय पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसी, नेपाली व्यवसायी संघ बेल्जियमका चिरन खवास, जनसम्पर्क समिति बेल्जियमका सुवास गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दर्शकहरुबाट केसीको सहयोगार्थ १ हजार ५७० युरो (करिब दुई लाख रुपैयाँ) संकलन गरी गैरआवासीय नेपाली संघका केन्द्रीय सचिव गंगाधर गौतम र बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।