उद्यमशीलतासम्बन्धी अन्तरक्रियामा सहभागी हुन बैंकर अनिल शाह सिड्नीमा

उद्यमशीलतासम्बन्धी अन्तरक्रियामा सहभागी हुन बैंकर अनिल शाह सिड्नीमा


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

नेपालको बैंकिंग क्षेत्रका चर्चित व्यक्तित्व अनिल शाह सिड्नी आइपुगेका छन् । पछिल्लो समय अष्ट्रेलियामा विभिन्न क्षेत्रमा नेपालीहरूको लगानी र संलग्नता बढ्दो छ । यहाँ रहेका युवा उद्यमीहरूसंग अन्तर्किया र विचारविमर्श गर्न शाह सिड्नी आइपुगेको जानकारी दिइएको छ ।

शाह र यहाँ रहेका युवा उद्यमीहरूबीच मंगलबार सिड्नीमा एक कार्यक्रमको आयोजना गरिन लागिएको छ । कार्यक्रममा सहभागिता जनाउन र थप जानकारीका लागि सिड्नीमा रहेका युवा उद्यमी डिला खरेल र दीपक ज्ञवालीसँग सम्पर्क राख्न सकिने जानकारी दिइएको छ ।

अन्तरक्रियामा अनिल शाहले ब्यापार र उद्यम गर्दा आफूले बहन गर्नु परेका समस्या अनि विगत र वर्तमानको सफलता बारेमा छलफल गर्नेछन् । उनले प्रवासमा रहेर नेपाल र नेपालीको निमित्त लगानी गर्दै मूलुकलाई योगदान दिएका प्रवासी नेपालीहरूको अनुभव पनि सुन्ने छन् ।

बैंकिङ, फाइनान्स र उद्यममशीलतासँग आवद्ध विभिन्न ब्यक्ति-ब्यक्तित्वहरूले कार्यक्रममा आफ्ना अनुभव सुनाउने छन् भने आर्थिक क्षेत्रका बारेमा आगामी दिनमा प्रवास र नेपालबाट कसरी नेपाल र नेपालीहरूको पक्षमा काम गर्न सकिन्छ भन्नेबारे पनि छलफल हुने बताइएको छ ।