ताइफु-१४ हालसम्मकै विध्वंसक हुन सक्ने आँकलन

ताइफु-१४ हालसम्मकै विध्वंसक हुन सक्ने आँकलन


  • विशेष प्रतिनिधि, जापान

हालसम्मकै विध्वंसक हुनसक्ने आँकलन गरिएको ताइफु १४ नजिकिँदै गर्दा दक्षिण-पश्चिम तथा मध्ये जापानका विभिन्न प्रिफेक्चरहरुमा असर देखिन थालेको छ ।

सम्भावित क्षति कम गराउने उद्देश्यले १७ तारिखदेखि नै नागरिकहरुलाई सुरक्षित रहन तथा ताइफुको समयमा आइपर्नसक्ने जोखिमहरुबाट बच्न पूर्वतयारी गर्न आग्रह गरिरहेको सरकारले खागोसिमा तथा मियाजाकी प्रिफेक्चरका जोखिममा रहेका लाखौँ वासिन्दाहरुलाई सुरक्षित स्थानमा सर्न चेतावनी जारी गरेको छ । सोहीअनुरुप लाखौँ मानिस विभिन्न स्थानमा आश्रय लिन पुगेका छन् ।

आइतबार दिउँसो १२ बजेको जापानी खबरहरुको अपडेट अनुसार ताइफुको कारण खागोसिमा तथा मियाजाकीका विभिन्न स्थानका ५८ हजार ८ सय घररपरिवारहरुमा विद्युत आपुर्ति ठप्प भएको छ । पश्चिम जापान इलेक्ट्रिक पावर कम्पनीका अनुसार,शक्तिशाली ताइफुले प्रसारण लाइनहरुमा समस्या देखिएको छ ।

ताइफुले निकै ठूलो क्षेत्रमा असर पुऱ्याउन सक्ने अनुमान गर्दै फुकुओका, खागोसिमा, मियाजाकी, कुमामोतो, नागासाकी, हिरोशिमा, तोत्तोरी, सिमाने, हिरोसिमा, ओकायामा, यामागुची तथा ओइता लगायतका क्षेत्रहरुमा सुचनाहरुमा अपडेट रहन भनिएको छ । ताइफुका कारण अहिले कान्तो कोसिन क्षेत्रमा पनि भारी वर्षा भइरहेको छ।