टोकियोवासी अबको एक साता कडा सुरक्षा व्यवस्था महसूस गर्न विवश !

टोकियोवासी अबको एक साता कडा सुरक्षा व्यवस्था महसूस गर्न विवश !


  • टोकियो (जापान)

जापानको राजधानी टोकियोमा बसोवास गर्नेहरुले अबको एक साता निकै कडा सुरक्षा व्यवस्था महसूस गर्नुपर्नेछ । गत जुलाईमा गोली हानी हत्या गरिएका पूर्व प्रधानमन्त्री सिन्जो आबेको राजकीय अन्त्येष्टि समारोह नजिकिाँकै गर्दा, हानेदा विमानस्थलदेखि टोकियोका सबैजसो स्थानहरुमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

यसै महिनाको २७ तारिख टोकियोको निप्पोन बुदोउखानमा हुने पूर्वप्रधानमन्त्री आबेको राजकीय अन्त्येष्टिलाई मध्यनजर गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो ।

यही सेप्टेम्बर २० तारिख बिहान टोकियोका अधिकांश रेल स्टेशनहरुमा विस्फोटक पदार्थ पत्ता लगाउन सक्ने सुरक्षा कुकुरको साथमा प्रहरीले गस्ती सुरुवात गरेको छ । यस बीचमा प्रहरीले शंका लागेमा जोकोहीलाई पनि सोधपुछ गर्न सक्नेछ ।

रेलवे कम्पनी जेआरले यो अवधिमा मुख्य, मुख्य स्टेशनहरुको क्वाइन लकरहरु समेत प्रयोग स्थगन गरेको छ । त्यस्ता लकरहरुमा विष्फोटक पदार्थहरु राखिदिन सक्ने आशंककासहित आतंकवादको विरूद्ध काउन्टरमेजरको रूपमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

महनगर प्रहरी विभागले ‘सफ्ट टार्गेट’ भनिने ठाउँहरूमा सामान्य भन्दा बढी पुलिस अधिकारीहरूको संख्या बढाएर सुरक्षालाई अझ बलियो बनाएको छ । धेरै मानिसहरू भेला हुने ट्रेन स्टेशनहरू र एयरपोर्टहरूमा विशेष सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

जापान र विदेशका विशिष्ट व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै, टोकियो स्टेशन जस्ता धेरै मानिसहरुले प्रयोग गर्ने स्थानहरुमा सुरक्षाको लागि सबै सम्भावित उपायहरू कार्यन्वयन गरिएको बताइएको छ ।