नेपालमा बिहीबार थपिए ६६ जना कोरोना संक्रमित

नेपालमा बिहीबार थपिए ६६ जना कोरोना संक्रमित


नेपालमा बिहीबार ६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२६२ जनाको नमुना परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३७ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर १४०५ जना सक्रिय संक्रमित रहेका छन् ।