अमलेखगञ्ज दुर्घटना अपडेट : ९ पुरुष, ५ महिलाको मृत्यु

अमलेखगञ्ज दुर्घटना अपडेट : ९ पुरुष, ५ महिलाको मृत्यु


बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूलनजिकै यात्रुवाहक बस पल्टिँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन् । घटनाबारे थप विस्तृत विवरण प्राप्त भइसकेको छैन ।