खुकुलो तुल्याइयो जापान प्रवेश

खुकुलो तुल्याइयो जापान प्रवेश


  • टोकियो प्रतिनिधि

कोरोना संक्रमणपछि पहिलो पटक जापानले मंगलबारदेखि जापान प्रवेशमा खुल्ला भएको जानकारी दिँदै कोरोनाका अधिकांश नियमहरु हटाउने निर्णय गरेको छ ।

जापान सरकारले कोभिडविरुद्धको खोपको तीनओटै मात्रा लगाएका वा ७२ घन्टाभित्र कोभिडको नेगिटिभ भएको प्रमाण पेश गर्नुपर्ने व्यवस्थालाई कायम राख्दै दैनिक रुपमा बढीमा ५० हजारले मात्रै प्रवेश अनुमतिलाई पनि हटाएको छ ।

जापान सरकारले टुर प्योकजमार्फत मात्र जापान आउन पाउने नियमलाई परिवर्तन गर्दै व्यक्तिगत रुप जापान आउन चाहने पयर्टकहरुलाई पनि खुल्ला गरेको हो ।

अहिले अमेरिका समेत ६८ देशबाट जापान आउन पाउने नियमलाई परिवर्तन गर्दै छोटो अवधिका लागि आउने पर्यटकलाई जापान भित्र्याउन विभिन्न छुटसहितको प्याकेजहरु पनि पुन: शुरु गरिएको छ ।

त्यसैगरी विमानहरुमा राखिएको नियम पनि खुकुलो गरिएको छ भने पानी जहाजहरुमार्फत जापान ल्याउन सहज प्रवेश दिइने बताइएको छ ।

सरकारले विमानस्थलमा कोरोनाको लक्षण नदेखिएसम्म पर्यटकलाई कोरोना परीक्षण नगर्ने जानकारी दिएको छ ।