राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता


  • photo: rss

बेलायतको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ ।

मङ्गलबार बेलायती संसद् भवनमा भएको उक्त भेटका अवसरमा नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय, विशेषगरी दुई देशका सांसदबीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनालको पनि सहभागिता थियो ।

यस्तै, सोमबार बेलायतको संसदमा रहेको बेलायत-नेपाल मैत्री समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्माले अध्यक्ष तिमिल्सिनाको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए ।