स्वयम्भूको जंगलमा बालिका बलात्कृत

स्वयम्भूको जंगलमा बालिका बलात्कृत


काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

१४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भइ हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी रहेका छन् ।

उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । गिरीले ती बालिकालाई ललाइफकाइ स्वयम्भू स्तुपानजिकै जंगलमा लगेर बलात्कार गरेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

बालिका बलात्कार भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।