नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ


प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय ब्रिजेस गुप्ता रहेका छन् ।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट पाँच सय रुपैयाँ दरको नौ थान नक्कली नोटसहित गुप्ता पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पशुपति टोल नजिकैको जयश्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न आएका गुप्ताले नक्कली नोट ल्याएको भन्ने जानकारी प्राप्त हुनासाथ उनलाई पक्राउ गरेको हो ।