जग्गा विवादमा वृद्धाको हत्या, देवर पक्राउ

जग्गा विवादमा वृद्धाको हत्या, देवर पक्राउ


सर्लाहीमा जग्गाको विषयमा विवाद हुँदा कुटपिट गरी भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् । सर्लाहीको चक्रघट्टा गाउँपालिका-२ भेल्हीकी ७० वर्षीया सागरदेवीको हत्या आरोपमा उनकै देवर ६५ वर्षीय पुकार रायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जग्गा विवादमा आरोपित रायसहित उनका छोरा जितु भन्ने जितेन्द्र राय र बुहारी अनिता देवी रायसमेत मिलेर कुटपिट गर्दा सागरदेवीको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

घटनामा संलग्न जितेन्द्र र अनिता फरार रहेकाले खोजीकार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।