‘रेड सी’नजिकै गठबन्धनले ड्रोन आक्रमण गरेको हुथी समूहको दाबी

‘रेड सी’नजिकै गठबन्धनले ड्रोन आक्रमण गरेको हुथी समूहको दाबी



यमनमा जारी युद्धविरामलाई भङ्ग गर्दै रेड सीको किनार ड्रोन आक्रमण गरेको यमनी विद्रोही समूहले बुधबार जनाएको छ ।

यमनको हुथी लडाकू समूहले साउदी नेतृत्वको गठबन्धनले यमनको रेड सीको किनारामा रहेको बन्दरगाह शहर होदेइदामा पछिल्लो २४ घण्टामा छ वटा ड्रोन आक्रमण गरेको हुथी विद्रोहीद्वारा सञ्चालित अल-मसिराह टिभीले विद्रोहीको उच्च स्रोतलाई उद्धृत गरी उल्लेख गरेको हो ।

मिलिशियाले दक्षिणी जिल्लाहरूमा भएको आक्रमण ‘एकै दिनमा शहरमा युद्धविरामको १२३ गठबन्धन उल्लङ्घनहरूमध्ये एक’ भएको बताएको छ ।

यमनको गठबन्धन वा सरकारले यसबारे समाचार तयार पार्दासम्म कुनै पुष्टि गरेको छैन ।

सन् २०१८ को डिसेम्बरमा स्टकहोममा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविराममा साउदी नेतृत्वको गठबन्धन समर्थित यमनी सरकारी फौज र हुथी मिलिसियाबीच युद्धविराम भएको थियो ।

यमनको उत्तरपश्चिमी भागमा रहेको बन्दरगाह शहर हुथी समूहको नियन्त्रणमा छ भने सरकारी सेना यसको दक्षिणी जिल्लातर्फ अघि बढेको छ ।

सन् २०१४ को अन्त्यतिर इराननिकट भनिने हुथी लडाकूसमूहले उत्तरी सहरहरूमा आक्रमण गरी साउदी अरब निकट मानिएको यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकालेपछि यमन गृहयुद्धमा फसेको थियो । साउदी नेतृत्वको गठबन्धनले सन् २०१५ मा यमन द्वन्द्वमा हस्तक्षेप गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गरेको थियो ।