लिबियाका अधिकारीहरुले यहाँको उत्तरी तटीय शहर सिर्तेमा अज्ञात व्यक्तिका १८ ओटा शव भेटिएका जनाएका छन् । सिर्ते सबा क्षेत्रमा गत हप्ता ती शवहरु भेटिएपछि नजिकैको एक सरकारी अस्पतालमा ती शव लगिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
बेपत्ता व्यक्तिहरुको खोजी गर्ने यहाँको सरकारी निकायले जनाएअनुसार शव भेटिएपछि अस्पताल पुर्याइएको र उनीहरुको पहिचानका लागि प्रयोगशालामा अनुसन्धान भइरहेको छ ।
ती व्यक्ति को हुन् र के कति कारणले उनीहरुको मृत्यु भएको हो या हत्या भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भएको छ । गएको अक्टोबर महिनामा पनि सिर्ते क्षेत्रकै एक सरकारी विद्यालयमा गाडिएको अवस्थामा ४२ ओटा शव भेटिएको त्यहाँको प्रहरीले जनाएको थियो ।
सन् २०१६ मा सिर्ते सहरबाट विस्थापित गर्नुअघि सो शहरमा स्लामिक स्टेट अतिवादीहरुले कब्जा जमाएका थिए । सोही समयमा कैयौँ व्यक्तिको हत्या पनि भएको थियो ।
पछिल्लो समयमा भेटिने गरेका अज्ञात शवहरु उनीहरुले नै हत्या गरेका हुनसक्ने अनुमान प्रहरीले गर्ने गरेको छ ।
प्रतिक्रिया