मस्कोबाट गोवाका लागि २२४ यात्रु सवार चार्टर्ड उडान गुजरातको जामनगरमा डाइभर्ट गरिएको छ । गोवा एयर ट्राफिक कन्ट्रोलरले विमानभित्र बमको धम्की पाएपछि विमान डाइभर्ट गरिएको अधिकारीहरूले बताएका छन् ।
‘सबै यात्रु र चालक दलका आठ सदस्यलाई सकुशल बाहिर निकालिएको छ र स्थानीय अधिकारी, प्रहरी र बम डिस्पोजल टोलीले विमानको जाँच गरिरहेको छ’, प्रहरी महानिरीक्षक अशोककुमार यादवले भनेका छन् ।
जामनगर विमानस्थलका अधिकारीहरूका अनुसार विमानलाई एकान्तमा अवतरण गरिएको थियो ।
‘मस्कोबाट गोवा जाँदै गरेको अजुर एयरको उडानमा बम राखिएको भन्ने बारेमा भारतीय अधिकारीहरूले दूतावासलाई सचेत गराएको थियो । ‘विमानले जामनगर भारतीय वायुसेना बेसमा आपतकालीन अवतरण गरेको छ । जहाजमा रहेका सबै सुरक्षित छन्’, रुसी दूतावासले एक विज्ञप्तिमा भनेको छ ।
प्रतिक्रिया