ब्राजिलमा संसद् भवन, राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा तोडफोडमा संलग्न १५ सय जना पक्राउ

ब्राजिलमा संसद् भवन, राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा तोडफोडमा संलग्न १५ सय जना पक्राउ


ब्राजिलमा संसद् भवन, राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा घुसपैठ र तोडफोडमा संलग्न १५ सय जना पक्राउ परेका छन् । पूर्वराष्ट्रपति जैर बोल्सोनारोका हजारौँ समर्थकले आइतबार साँझ राज्यका ती महत्वपूर्ण निकायमा हमला गरेका थिए ।

ब्राजिलको झण्डाको चम्किलो पहेँलो र हरियो रङ्गको सर्टहरू लगाएका प्रदर्शनकारी राजधानी ब्रासिलियामा रहेका राज्यका तीन शक्तिशाली अंगमा हमला गरेका थिए । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ‘फासिस्ट’ आक्रमणको निन्दा गरेका छन् ।

करिब चार घन्टासम्म त्यहाँ उदण्ड मच्चाएका प्रदर्शनकारीलाई प्रहरीले पछि अश्रुग्यास र लाठी चार्ज गरेर तितरवितर गरेको थियो । ब्राजिलियामा सेनाको मुख्यालयबाहिर रहेको कामचलाउ शिविर भत्काउन सयौं सिपाही र प्रहरी परिचालन भएका छन् ।

प्रदर्शनकारीले भवनको संसद भवनको ढोका र झ्याल तोडफोड गरेका थिए । एउटा भिडियोमा बाहिर एउटा भीडले एक प्रहरीलाई घोडाबाट तानेर भुइँमा कुटेको देखाइएको छ । दंगाकारीलाई तितरवितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।