युक्रेन युद्धको कमाण्डरमा पुटिनद्वारा नयाँ कमान्डर नियुक्त

युक्रेन युद्धको कमाण्डरमा पुटिनद्वारा नयाँ कमान्डर नियुक्त


युक्रेन युद्धको जिम्मेवारीमा सर्गेई सुरोभिकिनलाई नियुक्त गरेको तीन महिनापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई प्रतिस्थापन गरेको घोषणा गरेका छन् । अब सुरोभिकिनको स्थान जनरल भ्यालेरी गेरासिमोभले लिनेछन् ।

भ्यालेरीलाई सैन्य वृत्तमा ‘जनरल आरमागेडोन’ उपनामले चिनिन्छन् । देशको रक्षा मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम अकाउन्टमा यो घोषणा गरेको हो ।

‘रुसी सशस्त्र सेनाका जनरल स्टाफका प्रमुख सेनाका जनरल भ्यालेरी गेरासिमोभलाई संयुक्त समूहको सेना (फोर्स)को कमाण्डर नियुक्त गरिएको छ’, मन्त्रालयले भनेको छ ।