राष्ट्रिय जनता दलका नेता यादवको निधन

राष्ट्रिय जनता दलका नेता यादवको निधन


भारतको राष्ट्रिय जनता दलका वरिष्ठ नेता शरद् यादवको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका पूर्व संघीयमन्त्री यादवको दिल्लीको गुरुग्रामस्थित फोर्टिस अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी ७५ वर्षका थिए ।

यादव लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दिवंगत यादवको पार्थिव शरीरलाई मध्यप्रदेशस्थित उनको जन्मगाउँमा अन्तिम संस्कार गरिने भएको छ ।

उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस नेता राहुल गान्धी, राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवलगायतले दुःख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन् ।