क्यालिफोर्नियामा आँधी : १९ जनाको मृत्यु, २० हजार घरमा बिजुली अबरुद्ध

क्यालिफोर्नियामा आँधी : १९ जनाको मृत्यु, २० हजार घरमा बिजुली अबरुद्ध


अमेरिकाको क्यालिफोर्नियामा आँधीपछिको भारी बाढीका कारण १९ जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रहरूमा ६ फिटसम्म हिउँ परेको छ भने थप हिमपात पर्ने सम्भावना औंल्याउँदै त्यहाँको राष्ट्रिय मौसम सेवाले सजग गराएको छ ।

आँधीका कारण २० घरमा बिजुली अबरुद्ध भएको छ ।

लगभग २६ हजार क्यालिफोर्नियावासीहरू शनिबार साँझ बाढीको निगरानीमा रहेका बताइएको छ । त्यस्तै, हजारौँलाई सुरक्षित क्षेत्रमा जान सुझाव दिइएको छ ।