अत्यधिक चिसोका कारण अफगानिस्तानमा २० जनाको मृत्यु

अत्यधिक चिसोका कारण अफगानिस्तानमा २० जनाको मृत्यु


तापमानमा भएको अचानक गिरावटले अफगानिस्तानको दैनिकी नराम्ररी प्रभावित भएको छ । यसै त गरिबी, खाद्यान्न र इन्धन अभावले समस्याग्रस्त देशमा झन् कठाङ्ग्रिदो चिसो बढ्न थालेपछि जनवीवन थप कष्टकर बनेको छ ।

चिसोका कारण कम्तीमा २० जनाको ज्यान गएको समाचार छ । ठण्डीबाट बद्घिस र अन्य प्रान्तमा गरी कम्तीमा ४ हजार गाईबस्तु मरेका छन् ।

हेरात क्षेत्रीय अस्पतालको तथ्याङ्कअनुसार अफगानिस्तान कम्तिमा ७० जना हाइपोथर्मियाबाट पीडित भइ अस्पताल भर्ना भएका छन् । यसैगरी चारजना लागुऔषध दुर्व्यसनीको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार हाइपोथर्मियाका कारण बद्घिसमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो भने ती सबै गोठाला रहेका बताइएको छ ।

स्थानीय अधिकारीका अनुसार चिसोले खोस्त प्रान्तमा पाँच, फर्याबमा दुई र जज्जानमा दुई जनाको ज्यान गएको छ । यसेगरी सार-ए-पुलमा एक व्यक्तिको मृत्यु भएको थियो भने बाघलान प्रान्तमा पाँच लागूऔषध दुर्व्यसनीहरू मारिएको पनि टोलो न्युजले रिपोर्ट गरेको छ।

तालिबानले गत वर्ष काबुलमा सत्ता कब्जा गरेपछि ४ करोड अमेरिकी डलरका १८ प्याकेज र ३२ मिलियन अमेरिकी डलरका ३० भन्दा बढी प्याकेजहरू घोषणा गरेको थियो । सहयोगका बाबजुद अफगानिस्तानको गरिबी, कुपोषण र बेरोजगारी दर अझ खस्कँदो छ । यसका साथै प्राकृतिक प्रकोपहरूले अफगानहरूका लागि अवस्था अझ खराब बनाएको छ । यसरी अफगानिस्तानले इतिहासमै सबैभन्दा ठूलो मानवीय सङ्कटको सामना गरिरहेको छ ।