अमेरिकाका २० भन्दा बढी राज्यमा टिकटक प्रतिबन्ध

अमेरिकाका २० भन्दा बढी राज्यमा टिकटक प्रतिबन्ध


अमेरिकाको केन्टकी राज्यले साइबर सुरक्षाको बहानामा लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकाका २० भन्दा बढी राज्यहरूमा टिकटकमाथि प्रतिबन्ध लागिसकेको छ ।

केन्टकीले राज्यका कर्मचारीहरूलाई ‘कानून प्रवर्तन उद्देश्यको लागि बाहेक’ चिनियाँ-स्वामित्वको एप सरकारी डिभाइसमा प्रयोग गर्न रोक्नको लागि आफ्नो कर्मचारी पुस्तिका अद्यावधिक गरेको छ ।

गत बिहीबार विस्कन्सिन र उत्तरी क्यारोलिनाका गभर्नरहरूले सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए । ओहायो, न्यू जर्सी र अर्कान्सासले पनि यस हप्ताको सुरुमा प्रतिबन्धमा हस्ताक्षर गरेका थिए ।

अमेरिकाका केही राज्यहरू टिकटकलक्षित कदमभन्दा पनि अगाडि बढेका छन् । उदाहरणका लागि न्यु जर्सी र विस्का‘न्सिनले चिनियाँ कम्पनीहरूका बिक्रेताहरू, उत्पादनहरू र सेवाहरूमा प्रतिबन्ध लगाएका छन् ।