चीनमा कोरोनाबाट एक सातामा तेह्र हजार जनाको मृत्यु

चीनमा कोरोनाबाट एक सातामा तेह्र हजार जनाको मृत्यु


चीनमा जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार जना कोभिड-१९ सङ्क्रमितको मृत्यु भएको छ । जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो ।

अस्पतालमा भर्ना भएका ६८१ जना बिरामीको कोरोना भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७ जनाको सङ्क्रमणसँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि)ले शनिबार जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

गत डिसेम्बरमा चीनले शून्य-कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको सिडिसिले उल्लेख गरेको छ।