बचत फिर्ता माग्दा धम्की किन दिन्छ ‘सिन्सियर’ ?

बचत फिर्ता माग्दा धम्की किन दिन्छ ‘सिन्सियर’ ?


✍ अनुसा थापा

राजधानी काठमाडौंको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको ठगीधन्दा क्रमशः बाहिर आउँदैछ । सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यले सिधासाधालाई आर्थिक जालमा पारेर अकुत सम्पत्ति जोडेका छन् । हिजो केही नभएकाहरू आज करोडौँमा गनिएका छन्, कसरी ? घुस खाँदै कर्जा लगानी गरेर यिनीहरू करोडौँको मालिक बने । अरुलाई मारेर टन्न मोटाएका यिनीहरूको कर्तुत छरपष्ट भइसकेको छ ।

काठमाडौंकै स्थायी वासिन्दा भएपनि यी तीन जना हुनेखाने परिवारका होइनन् । पुख्र्यौली सम्पत्ति खासै नभएका यिनीहरूले कसरी यत्रो सम्पत्ति जोडे त ? राजेन्द्रभक्तको ७० देखि ८० करोडको सम्पत्ति भएको उनीनजिकका व्यक्तिहरू बताउँछन् । हिजो पैदल हिँड्ने राजेन्द्रभक्त आज करोडौँको गाडी चढ्छन् । रोपनीमा बनेको घरमा बस्छन् । यता, राजेशको पनि ४० देखि ५० करोडको सम्पत्ति भएको बताइन्छ । उनी कंलकीबाट पुतलीसडकसम्म साइकलमा आउने-जाने गर्दथे । कूल पुख्र्यौली सम्पत्ति लगभग २० लाखबराबरको मात्र थियो भनिन्छ ।

एउटा सहकारीको कार्यकारी सञ्चालक रातारात कसरी मालामाल भए ? निजी अस्पतालमा १५ वर्षअघि मासिक १० हजार तलबमा काम गर्ने मीरा आज करोडौँको मालिक छिन् । एउटा कर्जा अधिकृतको मासिक तलब कति हुन्छ ? २३ वर्षअघिको राजेन्द्र, राजेश र १५ वर्षअघिकी मीरालाई देख्नेहरू अहिले आश्चर्यचकित बन्छन् । उनीहरूले करोडौँको सम्पत्ति घुस खाँदै कर्जा लगानी गरेर जोडेको त छर्लङ्ग भइसकेको छ । सिन्सियरबाट ऋण लिनेहरू चाहिँ सबजसोै विस्थापित भएका छन् । कोही पागल भए, कतिपय भूमिगत भए, कुनै-कुनै जेलमा छन् त कैयन सुकुम्बासी भए । सिन्सियरले घुस पनि खायो, धितो पनि पचायो । अनि निमुखाहरू कहाँ जाने ? उनीहरू त बौलाइहाले ! कर्जावालहरूलाई आफ्नो मीठा कुराको दलदलमा फसाएर उठीबास लगाउने अनि ‘हामी अब्बल संस्था हौँ’ भन्न यी तीन जनालाई शर्म लाग्नुपर्ने हो । सिन्सियर कसरी त्यहाँ पुग्यो ? यो कसलाई थाहा नभएको कुरा हो र ? हिजो करोडको धितो हुने व्यक्तिहरू आज सडकछाप बनेर हिँडेका छन् ।

उनीहरूकै सम्पत्तिमा त यी तीन हर्ताकर्ताले मोजमस्ती गरेका हुन् । चिया, पानी, मःम खाऊ भन्ने अनि त्यो गर्दागर्दै सकाइदिने । सिन्सियरले सहकारी दर्ता गर्नुको उद्देश्य नै सोझासाधालाई चिप्ला कुरा धसेर सुकुम्बासी बनाउनु हो । नेपालमा साँच्चै नै सरकार छ भने सिन्सियरपीडितलाई न्याय दिनुपर्छ । सिन्सियरले कतिलाई उठीबास लगायो ? यसको छानबिन हुनुपर्छ । अरुलाई रुवाएर यिनीहरूले गलत रूपमा जोडेको सम्पत्ति राष्टि!यकरण गर्नुपर्छ ।

आफ्नो कर्तुत बाहिरिन थालेपछि सिन्सियरका तीन हर्ताकर्ताले सम्पत्ति लुकाउन थालेको यिनीहरूलाई नजिकबाट नियालिरहेकाहरू बताउँछन् । स्थापनाकालदेखि नै सिन्सियरले घुस खाँदै आएको छ । १५ लाखको ट्याक्सी राखेर १० लाख रुपैयाँ कर्जा दिँदा २५ हजार त घुस नै खाने गरेको ऋणीहरू बताउँछन् । सिन्सियरले सेवाशुल्क र चर्को ब्याज लिँदै आएको छ । यता, तीन किस्ता नतिर्नेबित्तिकै ट्याक्सी नै पचाइदिन्थ्यो । घर, जग्गा र सेयरमा पनि उही नै गर्छ ।

प्रहरी प्रशासन, राजनीतिक पार्टी र गुण्डाको आडमा सिन्सियरले २०५७ सालदेखि यो धन्दा चलाउँदै आयो । तर, गलत धन्दा सार्वजनिक भएपछि ‘सिन्सियर’ सञ्चालकहरूको होश उडेको छ । आफ्नो हर्कत ढाकछोप गर्नका लागि सिन्सियरले हरसम्भव प्रयत्न गरिरहेको छ । सिन्सियर आफ्नो गल्ती सुधार्नतर्फ होइन, झन् थर्काएर कर्तुत लुकाउनतिर लागिपरेको छ । सञ्चारमाध्यमले समाज र राज्यको आँखा खोलिदिएको हो । सहकारी खोलेर सिन्सियरले कसरी ठगीधन्दा मच्चाएको छ ? यो बाहिर ल्याइदिएको छ ।

तर, सिन्सियरले सञ्चारकर्मी कुट्ने, मिडिया हाउसमा गुण्डा पठाउने, तोडफोड गर्ने धम्की दिने, प्रहरीको हवाला दिएर धम्क्याउने लगायतका हर्कत गर्दै आएको छ । पहिले आफैं धम्काउने अनि प्रेस काउन्सिलमा गएर चोखो बन्न खोज्ने ! यस्तो ठग संस्थालाई कानुनी दायरामा ल्याउन अब ढिलाइ गर्नु हुँदैन । पीडितले आत्महत्या गरेपछि मात्र सरकारले छानबिन अघि बढाउने त होइन होला ! सरकार निरीह बन्दा सिन्सियरजस्ता ठगहरूको मनोबल बढेको छ । राजनीतिक दलका ठूल्ठूला नेता चिनेका छौँ भन्दै ऋणीलाई चुस्न पाइन्छ ? उनीहरूलाई तहसनहस बनाउन मिल्छ ? सिन्सियरले मीटरब्याजमा कर्जा लगानी गर्दाखेरि धेरै विस्थापित भए ।

एकातिर मँहगो ब्याज अर्कोतिर एक किस्ता नतिर्नेबित्तिकै ब्याजको स्याज । घुस पनि खायो, चर्को सेवाशुल्क र मँहगो ब्याज पनि लियो । तर, तीन किस्ता नतिर्नेबित्तिकै सबै श्री-सम्पत्ति खाइदिइहाल्यो । अनि त बिचरा ती परिवारको लथालिङ्ग हविगत भयो । सिन्सियरको विरोधमा बोल्न सक्ने कोही भएनन । किनकि ऊसँग राजनीतिक दल र प्रहरी प्रशासनको आड छ । गुण्डा पालेको छ । कसैले चुइँक्क आवाज निकाल्यो कि हातखुट्टा भाँच्ने र एउटा मुद्दा लगाएर जेल कोच्ने धम्की दिइहाल्छ । सिन्सियरको विरोधमा अब हरेक पीडित निस्किनुपर्ने बेला भएको छ ।

सबै उपभोक्ता अधिकारकर्मीहरू सिन्सियरको विरोधमा खडा हुन जरुरी भएको छ । पीडितहरूको न्यायको निम्ति उनीहरूको बोल्नुपर्छ, उजुरी हाल्नुपर्छ । सिन्सियरको ठगीधन्दाको विरोधमा कानुन व्यवसायीहरू पनि जागरुक हुनुपर्ने बेला आएको छ । सिन्सियरले अहिले पनि राज्य र जनताको आँखामा छारो हालिरहेको छ । राज्यको चौथों अंगलाई त थर्काउँछ भने ऋणीलाई कस्तो व्यवहार गर्छ होला ? ऋण खानेलाई त यसले सबैतिरबाट घेर्छ, च्याप्छ अनि धितो सर्वस्व लुटिदिन्छ । पीडितहरू डर मानेर आजसम्म चुप बसेका थिए । अब त्यो अवस्थाको अन्त्य भएको छ । सिन्सियरबाट पीडित बनेकाहरू अब बोल्नेछन् । पछिल्लो केही समययता सिन्सियरमा अलिक चर्कै भीड देखिन्छ । आफ्नो बचत निकाल्नका लागि बचतकर्ता र सेयरधनीहरूलाई हतारो परेको छ ।

सिन्सियरमा बचत गर्दै आएका सर्वसाधारण र व्यापारीहरूको पनि आँखा खुलेको छ । सिन्सियरको कर्जा लगानी सबै थोत्रा, पुराना र अवधि बटेका ट्याक्सीमा छ भन्ने त सबैलाई थाहा भइसकेको छ । २० वर्ष कटेका ट्याक्सीमा सिन्सियरले थुप्रै लगानी गरेको छ । सरकारले आयु पुगेका ट्याक्सी हटाउने निर्णय गरेको छ । कानुन बनेर कार्यान्वयनमा समेत गइसकेको छ । यी सवारीको दर्ता र रोड परमिट खारेज हुन्छ, सडकमा चल्न पाँउदैन । हिजो ऋण खानेलाई सोत्तर बनायो, अब बचतकर्ताको पालो आउने देखिएको छ ।

घुस खाएर जति सम्पत्ति जोडेको छ, यी तीन हर्ताकर्तालाई लुकाउनैकै सास्ती छ । बैंक तथा वित्तिय संस्थाको कारण धेरैले आत्महत्या गरे । पछिल्लो समय यो क्रम थप बढेको छ । बैंक, फाइनेन्स, सहकारी र लघुवित्तले सिधासाधालाई त मर्नैपर्ने अवस्थामै पु¥याएको छ । खराब नियत भएका व्यक्तिले वित्तिय क्षेत्र चलाउँदा सर्वसाधारण तहसनहस बने । वित्तिय संस्थालाई नियमन नगर्ने, कानुनको दायरामा नल्याउने अनि जहिले जनता नै मर्नुपर्ने । संस्था भनेर ठगलाई सँधै जोगाइराख्ने ? यो त अति नै भएन र ?!

घुस पनि खाने, महँगो सेवाशुल्क र ब्याज पनि लिने, तीन किस्ता नतिर्नेबित्तिकै धितो खाइदिने, तीनपुस्ते प्रकाशन गरिदिने, कालोसूचीमा पठाउने र उनीहरूलाई मर्न बाध्य बनाउने । जनताका लागि राज्य कहाँ छ ? सिन्सियरजस्ता संस्थामाथि राज्यको आँखा जान जरुरी छ । बैंक/फाइनान्सबाट धेरै पीडित बनेका छन् । धेरैले आत्महत्या गरेका छन् । कर उठ्छ भन्दैमा राज्यद्वारा जनताको ज्यान लिने र उठीबास लगाउनेलाई छुट नहोस् !