गरिबलाई मारेर लघुवित्त मोटाउन थालेको भन्दै ऋणीहरू आन्दोलनमा

गरिबलाई मारेर लघुवित्त मोटाउन थालेको भन्दै ऋणीहरू आन्दोलनमा


  • इन्दीप कोइराला, बारा

बारामा लघुवित्त संस्थाबाट पीडित भएकाहरुले लघुवित्त संस्थाको ज्यादती बिरुद्ध संगठित हुन थालेका छन् । लघुवित्तको चर्को व्याजका कारण घरबार नै बिग्रन थालेपछि बाराका विभिन्न स्थानका पीडितहरु लघुवित्त संस्थाको विरुद्धमा नाराबाजी समेत गर्न थालेका हुन् ।

बारामा एकै व्यक्तिलाई समुह बनाएर १५ वटासम्म लघुवित्तले लगानी गरेका कारण पैसा तिर्न नसकेपछि घरमै आएर धाकधम्की दिन थालेपछि पीडितहरु बाध्य भएर संगठित रुपमा ‘लघुवित्त संस्था खारेज गर, ऋणाी मार्ने काम बन्द गर’ जस्ता नारा लगाएर विरोध प्रदर्शनमा जम्मा हुन थालेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा न २ सिमराकी कमला पौडेलले अहिलेसम्म ९ वटा लघुवित्त संस्थाबाट ऋण लिएकी छिन् । उनले आफुले १ लाखको ऋण लिँदा लघुवित्त संस्थाले ५ लाखसम्मको ऋण भएको र ब्याजसहित ५ लाखसम्म ऋण लिने गरेको बताइन् । आफूले पटक पटक किस्ता तिरे पनि सावाँ रकम कहिल्यै पनि नघट्ने गरेको उनले बताइन् ।

समूह र बचतअनुसार लघुवित्तले १ देखि ५ लाखसम्म ऋण दिने गर्छ । १ लाख ऋणमा बीमा, आपतकालीन र सेवा शुल्क गरेर १० हजार काट्छन् । ऋणीको रकम हातमा ९० हजार पुग्छ । यस्तै, लघुवित्तबाट पीडित बनेकी जीतपुरका राम कोशिला देवीले रुँदै भनिन, ुमेरो छोराले कमाएर लिएको ऋण तिरिरहँदा पनि बैंकले आएर घरमा रहेको गाडी लिएर गएपछि आफ्नो दैनिकी गुजारा गर्न समस्या भएको र आफ्नो छोरा डरले सधैं राति मात्रै घर आउने गरेको दुःखेसो पोखिन् ।

बारामा लघुवित्तबाट लिएको ऋणको साँवा र ब्याज तिर्न नसकेर घर छाडेर भाग्नेको संख्या हजारौँ रहेको रहेको छ । लघुवित्त र सहकारीको ऋण मिटर ब्याज भन्दा कम छैन । बैंकले कम ब्याजदरमा ऋण लगानी गरे पनि त्यसमा सर्वसाधारणको पहुँच छैन । प्रक्रिया नै झन्झटिलो छ । वैदेशिक रोजगारीको लहरले अधिकांश पुरुष विदेशिएका छन् । जीतपुर सिमरा उपमहानगरपालिकाको माना बिश्वकर्मा यतिबेला आधा दर्जन लघुवित्तको पासोमा परेकी छिन् ।

एक वर्षपहिला लिएको ऋण तिर्न नसकेपछि अहिले उनले दिनकै लघुवित्तका कर्मचारीको गाली सुन्नु परेको छ । आफ्नो नाममा एक धुरसमेत जमिन नभएका मना बिश्वकर्मा ऐलानी जग्गामा साना घर बनाएर बसेका छन् । उनि काम पाएको बेला कहिले लेबरमा काम गर्छिन् भने कहिले दाउरा बेच्न सदरमुकाम कलैया र नयाँबस्ती जाने गर्छिन् । लघुवित्तबाट कर्मचारी घरमा आउदा जसरी भए पनि पैसा तिर्न मानसिक तनाव दिने गरेको समेत उनले बताएकी छन् ।

पैसाको अभावमा पिल्सिएका गरिब नागरिकसँग ऋणबारे सचेतना छैन । राज्य र वित्तीय निकायहरू यस्ता सचेतना अभियान चलाउन चुकिरहेका छन् । अनुत्पादनशील क्षेत्रमा ऋणको दुरुपयोग भइरहेको छ । अत्यावश्यक अवस्थामा मानिसले पाएको ऋण लिन्छन् तर उनीहरूसँग फिर्ता गर्ने उपाय र तरिका थाहा नहुँदा समस्यामा पर्ने गरेको लघुवित्त संस्था ज्यादतीविरुद्ध संघर्ष कमिटिको संयोजक कमलेश साह बताउँछन् ।

छिटो-छिटो ब्याज समेत सावाँमा जोडिँदै गएपछि आफ्नो ऋण कति पुग्यो ऋणीलाई थाहा हुन छाड्छ । ‘ब्याज पनि सावाँमा जोड्यो भन्छन्, ऋण कति पुग्यो भन्ने बारे ऋणीहरुलाई थाहा नै हुँदैन ।