आज बानेश्वरमा दुर्गा प्रसाईंको प्रदर्शन हुने

आज बानेश्वरमा दुर्गा प्रसाईंको प्रदर्शन हुने


राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

ब्यावसायी दुर्गा प्रसाईं नेतृत्वको महअभियानले काठमाडौंको बानेश्वरमामा प्रदर्शन गर्न लागेको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराइ झापाबाट सुरु भएको अभियानले बुटबल हुँदै देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ । सो महाअभियनले आर्थिक अन्याय र बेथितिको विरुद्ध काठमाडौंमा पनि प्रदर्शन गर्न लागेको प्रसाईंले जानकारी दिएका छन् ।

नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषय १३ बुँदे अपिल सो अभियानले सार्वजनिक गरेको छ ।