माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डलाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले शुक्रबार उक्त रिट दर्ता गर्न आदेश दिएपछि दुई वर्षपछि अर्थात् आइतबार (२१ फागुन) रिट दर्ता हुन लागेको हो ।
२०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि दर्ता हुन सकेको थिएन ।
दरपिठ भएपछि पुनः कात्तिक २४ गते भएको दरपिठविरुद्ध उनीहरू मङ्सिर ७ गते दरपिठविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । सोही रिटमा सुनवाई गर्दै न्यायधीशद्वय कार्की र फुयाँलले मुद्धा दर्ता गर्न आदेश दिएका छन् ।
शुक्रबार ढिलो गरी आदेश आएको र लिखित आदेश प्राप्त नभएको कारण आइतबार आदेशको प्रतिलिपि लिइ रिट आइतबार मुद्धा दर्ता गरिने अधिवक्ता ज्ञानेन्द्रराज आरणले जानकारी दिएका छन् ।
प्रतिक्रिया