बालुवाटारमा माओवादी धारका नेताहरुको बैठक

बालुवाटारमा माओवादी धारका नेताहरुको बैठक


photo: rss

माओवादी धारका पार्टीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, नेकपाका खड्गबहादुर विक ‘प्रकाण्ड’, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत उपस्थित छन् ।

संक्रमणकालिन न्यायको सवालमा परिस्थिति बेग्लै हुन गएको भन्दै माओवादी नेताहरुको बैठक बसेको हो । प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्चले बाटो खुला गरेपछि माओवादी केन्द्रलगायत माओवादी धारका नेताहरु त्रसित एवम् आक्रोशित बनेका अनुभूति गरिएको छ । यसै परिवेशमा माओवादी धारका दलहरुको बैठक बसेको हो ।