व्यक्तिहत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ हुने

व्यक्तिहत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ हुने


प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध व्यक्तिहत्या आरोपमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

माओवादी युद्धकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा मंगलबार प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

१ माघ २०७३ मा टुँडिखेलमा आफुले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मेवारी लिने प्रचण्डको अभिव्यक्तिलाई समेत आधार मानेर मुद्दा दायर गरिएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी छानबिन प्रक्रियाअघि बढाउन माग गर्दै ज्ञानेन्द्रराज आरण समेतले रिट दायर गरेका हुन् ।

यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदन दरपीठ गर्ने निर्णयलाई गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले आफ्नै प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै निवेदन दर्ता गर्न आदेश दिएको थियो ।

सोही आदेशअनुसार मंगलबार रिट दर्ता भएको हो । रिटमा प्रारम्भिक सुनुवाइको लागि बिहीबार पेसी तोकिएको छ ।