पिताहत्याका दोषीलाई पुत्रद्वारा कारवाहीको माग !
प्रचण्डमाथि कानूनी कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रीट दायर गर्ने अधिवक्ता ज्ञानेन्द्रराज आरणका पितालाई माओवादीले हत्या गरेको बताइएको छ । प्राप्त जानकारीअनुसार २०५७ सालमा आरणका पिताको हत्या माओवादीबाट भएको थियो । उनले दोषीमाथि कारबाहीको इच्छा राखेपनि राज्यसत्ता नै दोषीपक्षको हातमा भएकोले कुनै उपाय लागिरहेको थिएन ।
दुई वर्षअघि प्रचण्ड आफैले हत्या भएका पाँच हजार जनाको जिम्मेवारी म लिन्छु भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि आरणले न्यायको निम्ति गुहार लगाउने अवसर पाएका थिए । उनले अन्य २६ जना साथीहरूलाई समेत साथमा लिएर मुद्दा दायर गर्न खोज्दा दुई वर्षसम्म अदालतले निर्णय लिन सकेको थिएन ।
अहिले मुद्दाको निवेदन दर्ता गर्न न्यायालयले निर्णय दिएको त छ तर सत्तापक्ष र स्वयम् सरकारको रवैया हेर्दा आरणलाई न्याय मिल्ने सम्भावना फेरि पनि देखिएको छैन ।
प्रतिक्रिया