सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाको उम्मेदवारी
नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्यले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेताहरू सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्टलगायत पनि बानेश्वर पुगेका थिए । एमाले सचिवायल बैठकले शनिबार शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।
एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रोपटक हो । यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उनलाई उम्मेदवार बनाएको थियो ।

यसैगरी सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।
सत्तारुढ गठबन्धनले जनमत पार्टीकी ममता झालाई आज बिहान उपराष्ट्रपति बनाउने निर्णय गरेको थियो । बालुवाटारमा शनिबार बिहान बसेको १० दलीय गठबन्धनको बैठकले उक्त सहमति गरेको थियो ।
प्रतिक्रिया