अमेरिकी डलरसँगै युरोको पनि भाउ बढ्यो

अमेरिकी डलरसँगै युरोको पनि भाउ बढ्यो


साताको पहिलो दिन आइतबार अमेरिकी डलरको मूल्य १४ पैसाले बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा छ । यसअघि शुक्रबार एक डलरको खरिदमा १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा तोकिएको थियो ।

आइतबारका लागि एक युरोको खरिददर १३८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा तोकिएको छ भने यसअघि शुक्रबार भने युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६९ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ २७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ६७ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९५ रुपैयाँ ९ पैसामा कारोबार भइरहेको छ ।

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३६ रुपैयाँमा ६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा छ भने मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ९८ पैसा र बिक्रीमा २९ रुपैयाँ ११ पैसा छ ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ २१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १६ पैसा कारोबार हुदाँ बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४९ रुपैयाँमा किनबेच हुनेछ ।