सरकारमा जाने तयारी नभएको रवि लामिछानेको प्रष्टोक्ति

सरकारमा जाने तयारी नभएको रवि लामिछानेको प्रष्टोक्ति


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् ।

अहिले परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको जानकारी दिँदै उनले भने- ‘सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।’ सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने जानकारी दिए । उनले थपे- ‘अहिले सरकारमा जाने/नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन ।’

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको बताए । आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको उल्लेख गरे । सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ थियो ।

आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको जानकारी पनि उनले दिए ।