एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ : कांग्रेस नेता रिजाल

एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ : कांग्रेस नेता रिजाल


नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् ।

वीरगञ्जका सञ्चारकर्मीसँग कुरा गर्दै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र कांग्रेसमा सहभागी हुने तयारी भइरहेको जानकारी दिए । ‘कुन-कुन मन्त्रालय लिने र क(कस्लाई मन्त्री बनाउने विषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरुसँग छलफल भइरहेको छ, उपराष्ट्रपतिको चुनाव सकिनेबित्तिकै हामी सरकारमा जान्छौँ’, नेता रिजालले बताए ।

नेपाली कांग्रेसले नौ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब(करिब सहमति भएको तर कुन नेताको नेतृत्वमा सरकारमा जाने विषयमा भने कुनै ठोस निर्णय नभइसकेको, पार्टीले जसको आवश्यकता देख्छ सरकारको नेतृत्व उसैले गर्ने उनको भनाइ थियो ।