विश्वासको मतबारे निर्णय लिन कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

विश्वासको मतबारे निर्णय लिन कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै


नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आइतबार बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बस्न लागेको केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि सानेपास्थित केन्द्रिय कार्यालय र सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बस्दै आएको बैठक यसपटक वानेश्वरस्थित संसद् भवनमा बोलाइएको हो ।

प्रधानमन्त्री प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसको कार्यसम्पादन समितिका बैठक बस्न लागेको हो । कांग्रेस नेताहरुका अनुसार सो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत दिनेबारे निर्णय गर्न लागिएको हो ।

यसअघि पुस २६ मा पनि पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । एउटै कार्यकालमा प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिन लागेको यो दोस्रो पटक हो ।