सालोलाई मन्त्री बनाउन सौदावाजी !

सालोलाई मन्त्री बनाउन सौदावाजी !


नेकपा एमालेका नेता रघुवीर महासेठले आफ्नो सालोलाई मन्त्री बनाइदिने शर्तमा उपेन्द्र यादवलाई उपनिर्वाचनमा जिताइदिने भएका छन् । जसपा नेता उपेन्द्र यादव बारा जिल्लाबाट आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभाको उम्मेदवार बन्ने निश्चित भएको छ र, यादवलाई सत्ता गठबन्धनले साथ दिने पनि निश्चित छ। उपराष्ट्रपति बन्न तयार रहेका यादव काङ्ग्रेस, माओवादी र समाजवादीको प्रतिबद्धता मिलेपछि रामसहाय यादवलाई उपराष्ट्रपतिमा पठाएर आफू उनको रिक्त निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न लागेका हुन् ।

उपेन्द्र उम्मेदवार बन्ने निश्चित भएपछि एमाले नेता रघुवीर महासेठले उपेन्द्रलाई सम्पर्क गरि आफ्नो सालो जसपा सांसद वीरेन्द्र महतोलाई जसपाका तर्फबाट मन्त्री बनाइदिने भए केही चुनाव खर्च र एमालेको समर्थन उपलब्ध गराइदिने वचन दिएका छन् । एमालेले उक्त क्षेत्रमा बेग्लै उम्मेदवार खडा गर्ने विश्वास गरिएको छ । तर, सत्ताइतर समूहहरूको गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिने तयारीमा एमाले रहेका बेला महासेठले सालोलाई मन्त्री बनाउन एमालेको नाम बेचेर सौदाबाजीको प्रयास गरेका छन् ।

महासेठले अध्यक्ष केपी शर्मा लगायत कुनैपनि नेतालाई यो कुराको जानकारी नगराएको बुझिएको छ।