कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सऱ्यो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सऱ्यो


नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । चैत १४ गते मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठक चैत १६ गते बिहान ११ बजेसम्मका लागि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कार्यसम्पादन समितिको बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ । कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई अनुरोधसमेत गरेको छ ।

मन्त्रिमण्डल बिस्तारको तयारी चल्दै गर्द यसरी कांग्रेसको बैठक सर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।