photo: rss
मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको छ ।
जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले दिएको जानकारीअनुसार प्रधानमन्त्री प्रचण्ड गृहजिल्ला चितवन गएकाले अपराह्न २ बजे पुनः छलफल हुनेछ । मन्त्रिपरिषदमा सहभागी हुने व्यक्तिको नाम टुङ्गो लागेको दलहरु फेरि छलफलमा उपस्थित हुनुनपर्ने, तर जसको टुङ्गिएको छैन उनीहरुले पुनः संस्थागतरुपमा निर्णय गरेर आउने सहमति भएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डकै अग्रसरतामा केही दलका तर्फबाट सरकारमा सहभागी हुनेको नाम करिब टुङ्गो लगाइएको जानकारी दिँदै नेता श्रेष्ठले सबै विषयमा मतैक्य भए आज साँझसम्म मन्त्रिपरिषद् बिस्तार हुने बताए।
बुधबारको बैठकमा नै नेपाली कांग्रेसले आठ, नेकपा (माओवादी केन्द्र)ले पाँच, नेकपा (एकीकृत समाजवादी) र जसपाले दुई/दुई मन्त्रालय लिने सहमति भइसकेको छ । अन्य दलले एक/एक मन्त्रालय लिने तय भएको बताइएको छ ।
प्रतिक्रिया