नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी हितविपरीत काम गरेको भन्दै आफ्ना पार्टीका नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ ।
सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले पार्टी हितविपरीत काम गरेकाले नेता सुरेन्द्र चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिएका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी सङ्घीय चुनावमा दाङ-१ बाट उम्मेदवार बनेका थिए । नागरिक उन्मुक्ति पार्टीका बारेमा सुरुदेखि नै आलोचनात्मक विचार राख्दै आएका सुरेन्द्र चौधरीले फेसबुकमार्फत आफूले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको जानकारी दिएका थिए ।
पार्टी छोडेको स्वघोषणा गरेका चौधरीलाई कारवाही गरेको जनाइएबाट नाउपाभित्रको असन्तुष्टि छताछुल्ल भएको छ ।
प्रतिक्रिया