तनहुँमा भएको उपनिर्वाचनमा मुलुकका सबै पुराना दलहरूले आफ्ना मतदाताहरूलाई सूरक्षित राख्न नसक्नुको परिणाम रास्वपाको निम्ति भाग्य बन्न पुगेको छ ।
गत मङ्सिर ४ गते सम्पन्न संसदीय निर्वाचनमा काङ्ग्रेसले २५ हजार, एमालेले २० हजार, गोविन्दराज जोशीले ६ हजार, रास्वपाले ६ हजार र राप्रपाले १५ सय मत प्राप्त गरेका थिए । तर, उप निर्वाचनमा एमालेले आठ हजार मात्र मत ल्याएर १२ हजार गुमाएको छ । प्रहरीमा रहँदा बदनाम बनेका ब्यक्तिलाई उम्मेदवार बनाएका कारणले मात्र एमालेको मत घटेको मानिँदैन, उम्मेदवार बनेका ब्यक्ति स्वयम् नै भविष्यमा रास्वपा प्रवेश गर्नेगरी सहमति गरेर आफूले सक्नेजति मत रास्वपातिर पठाएको चर्चा तनहुँमा चलेको छ ।
काङ्ग्रेसको पनि ३ हजार जति मत रास्वपामा गएको र, राप्रपाको पन्ध्र सय मतमा करिव १२ सय रास्वपातिर गएको देखिन्छ । माओवादीको करिब सात हजार मतमध्ये यसपटक काङ्ग्रेसलाई दुई हजार मात्र आएको बताइन्छ । यसरी काङ्ग्रेस, एमाले, राप्रपा र माओवादीसमेतको मत लिएर ३४००० भोटसहित उक्त क्षेत्रबाट रास्वपा उम्मेदवार विजयी बनेका छन् । काङ्ग्रेस २० हजार मतमा सीमित हुन पुगेको छ । एमाले भने पत्तासाफ हुने स्तरको मतमा खुम्चिएको छ । यसरी तनहुँमा सबै पार्टीहरूले घात ब्यहोर्नुपरेको देखिएको छ ।
प्रतिक्रिया