photo: rss
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कुनै पनि देशको परराष्ट्र नीति चर्का कुरा गरेरमात्रै सञ्चालन नहुने बताउनुभएको छ ।
परराष्ट्रमन्त्रीमा नियुक्ति भएपछि पहिलोपटक गृहजिल्ला कञ्चनपुर पुग्नुभएका परराष्ट्रमन्त्रीले कार्यकर्तासँगको भेटघाटमा भन्नुभयो, ‘कुनै पनि राष्ट्रबीचको सम्बन्धका निर्धारकत्वहरू हुन्छन्, इतिहास, समाजको बनावट र आर्थिक स्वार्थमा आधाररित पनि भएको हुन्छ ।’
पुर्खाहरूले दुई/अढाई सय वर्षदेखि नै दक्षिण एसियाको भू-भागमा मुलुकलाई स्वतन्त्र बनाएर राखेको स्मरण गर्दै उहाँले परराष्ट्र नीतिको आधार पूर्वजहरूले इतिहासमा दिएर गएको बताउनुभयो ।
‘पूर्वजको आधारशिलालाई टेकेर नै हामी अघि बढिरहेका छौँ, हामी छिमेकी र पश्चिमा मुलुकहरूसितको सम्बन्धहरूलाई महत्व दिएर निरन्तरता दिन चाहन्छौँ’- उहाले भन्नुभयो । सबै देशसित राम्रो सम्बन्ध राखेर मुलुक अगाडि बढाउनु अहिलेको चुनौती रहेको उहाँको तर्क छ ।
प्रतिक्रिया