photo: rss
सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड र नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी छन् । यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी रहेका छन् ।
त्यसैगरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको पनि बैठकमा सहभागिता छ ।
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको परिवेशमा बसेको सत्तारुढ दलहरुको बैठकलाई अर्थपूर्ण ठानिएको छ ।
प्रतिक्रिया