झापामा हुने भनिएको एमाले केन्द्रीय कमिटी बैठक काठमाडौं सारियो

झापामा हुने भनिएको एमाले केन्द्रीय कमिटी बैठक काठमाडौं सारियो


नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सरेको छ । यसअघि झापामा राखिएको बैठक काठमाडौं सारिएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

संसद् बैठक आह्वान भएको अवस्थामा संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले झापामा तय गरिएको बैठक काठमाडौंमा सारिएको बताइएको छ ।

नेता रिजालका अनुसार बैठक यही वैशाख २८–३० सम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने भएको छ । यसअघि झापामा बस्ने भनिएको बैठक यही वैशाख २९ देखि ३१ सम्म तोकिएको थियो ।

केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नका लागि यही वैशाख २६ गते एमालेको सचिवालय बैठक बोलाइएको छ ।