प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै सांसद अमरेशकुमार सिंहले कपडा फुकालेर विरोध जनाएका छन् ।
सभामुख देवराज घिमिरेले बैठकको सुरुमै आज आकस्मिक समय नरहेको र सोझै कार्यसूचीमा प्रवेश गर्ने बताएका थिए । तर केही सांसदहरूले बैठकमा उभिएर त्यसको विरोध जनाए ।
सो क्रममा सांसद सिंहले पनि आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सभामुखसँग आग्रह गरेका थिए । तर, सभामुख घिमिरेले सांसद सिंहलाई बोल्ने समय उपलब्ध नगराइ बस्न आग्रह गरे । उक्त आग्रहपछि सांसद सिंहले आफूले लगाएको सर्ट फुकालेर विरोध जनाएका हुन् ।
सांसद सिंहले संसद्को मर्यादाविपरीत क्रियाकलाप गरेको भन्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को निमय ३० अनुसार पटक-पटक चेतावनी दिएपछि सांसद सिंह आफ्नो स्थानमा बसेका थिए ।
प्रतिक्रिया