file photo
नेकपा एमालेमा प्रदेश खारेजीको मुद्दा जोडदार र औपचारिक रूपमा उठेको छ । गत साता सम्पन्न एमाले केन्द्रीय समितिको बैठकमा एमाले नेता गोकुल बास्कोटाले प्रदेश संरचना औचित्यहीन रहेको भन्दै यो या त खारेज हुनुपर्ने नभए परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए । बास्कोटाको भनाइ थियो- ‘मुलुकमा दुई तहको सरकार भए हुन्छ, प्रदेशको बोझ बोक्न सकिँदैन, पार्टीले गम्भीरतापूर्वक यसमा विचारविमर्श गरोस् ।’
नेता बास्कोटाको उक्त प्रस्तावमा अन्य युवा नेताहरू महेश बस्नेत र केशव पाण्डेलगायतले पूर्ण सहमति जनाएका थिए । तर महासचिव शङ्कर पोखरेलले भने यस्तो प्रस्तावमा विचार गर्नुपर्ने कुनै कारण नरहेको भन्दै उक्त प्रस्तावलाई आफ्नो तर्फबाट खारेज गरिदिएका थिए । अध्यक्ष केपीले पनि गोकुलको प्रस्तावमा असहमति जनाउदै शङ्करलाई नै साथ दिएका थिए ।
जे होस्, एमाले केन्द्रीय समितिको बैठकमा पहिलोपटक यसरी प्रदेश खारेजीसम्बन्धी मुद्दाले प्रवेश पाएको छ र, गोकुल बास्कोटा त्यसको प्रणेता बनेका छन् ।
प्रतिक्रिया